कर्णाली प्रदेश

उपनिर्वाचन : दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

१७ मङ्सिर, दैलेख । दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका लालबहादुर शाही विजयी भएको छन् । उनले पाँच सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।

निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए ।

साथै दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ । महाबुका छ वटै वडाका नौ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा छ हजार नौ सय ८९ मत खसेको थियो ।