१७ मङ्सिर, काठमाडौँ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएको छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उले छ सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।