प्रदेश 2

उपनिर्वाचन : धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

१७ मङ्सिर, धनुषा । धनुषाधाम नगरपालिका वडा नं. १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएको छन् ।

आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।