प्रदेश 2

गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

१७ मङ्सिर, रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीकासका उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएको छन् ।

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेको थियो । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउतीदेवी यादवले छ सय ३१ मत ल्याएको थियो भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए। यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएको थियो ।

यसैबीच ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएको छन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए।