१७ मङ्सिर, राजविराज (सप्तरी) । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् ।
जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आज राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए।
उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गरे । पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उनले जोड दिए ।
त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो । विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । निर्वाचित भएपछि गर्दै डङ्गोलले नगरको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाए ।

