१८ मङ्सिर, काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएको छन्।
उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरेको हो ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।