राजनीति

काँग्रेस संख्यामा भन्दा गुणत्मक परिणाममा विश्वास गर्छ, एक्लै निर्बाचन लड्नु पार्टीको जीत होः माहामन्त्री शर्मा

१८ मङ्सिर, काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले सन्तोषजनक परिणम आएको दाबी गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौँ नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौँ ।’

उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एक पटक बलियो रूपमा प्रदर्शित भएको भएको महामन्त्री शर्माले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ ।’

‘काँग्रेस संख्यामा भन्दा गुणत्मक परिणाममा विश्वास गर्छ, एक्लै निर्बाचन लड्नु पार्टीको जीत हो’ माहामन्त्री शर्माको दाबी छ ।