राजनीति

रवि लामिछानेसहित १४ जनाविरुद्ध वीरगन्जमा मुद्दा, बयान दिन लागिने सङ्केत

१९ मङ्सिर, काठमाडौँ । रास्वपा नेपालका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ आदेश जारी भएको समाचार छ । 

वीरगन्जको सानोपाईला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध अदालतले पक्राउ पुजी जारी गरेको समाचारहरूमा बताइएको छ । 

पोखराबाट काठमाडौँ र हिजो मात्र चितवन प्रहरीमा बयान दिएका लामिछानेलाई वीरगन्जमा समेत बयान दिन लगिने सम्भावना देखिएको छ । उनलाई सङ्गठित अपराधलगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।