२३ मङ्सिर, काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सलाई १३७ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारिध २० ओभरमा ९ विकेट गुमाएर १३६ रनमात्र जोड्न सक्यो । ११ ओभरमा ८७-१ को अवस्थामा रहेको जनकपुर २० ओभरमा १३६-९ मा सीमित बन्यो । जनकपुरका लागि कप्तान अनिल साहले सर्वाधिक ४५ तथा लाहिरु मिलान्थाले २७, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।