समाचार

सहकारी ठगी प्रकरणः सकियो पर्सामा रविको बयान, एकैदिनमा सोधियो ५४ प्रश्न

२५ मङ्सिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।

पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको स्रोतले जनाएको छ ।

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । जीबी राई नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो । त्यस पछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । आज लामिछानेको बिरगञ्जमा पनि बयान सकिएको छ ।