२५ मङ्सिर, काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले लिएको प्रारम्भिक चरणको बयान सकिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो ।
पहिलो चरणको बयान सकिएपनि प्रसाईंसँग फेरि दोस्रो चरणको बयान हुने बताईएको छ ।