२५ मङ्सिर, काठमाडौँ । नेकपा एमालेले हालै स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै परिणामप्रति गम्भीर भएको ठहर गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालयको बैठकमा उपनिर्वाचनको बारेमा छलफल भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौं ।’