राजनीति

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन, काे काे परे ?

२६ मङ्सिर, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गरेका हुन् ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोेजिम गठन गरिएको उक्त समितिले  महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।  

त्यसैगरी नेपाल महिला सङ्घको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासङ्घको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नेपाल भूतपूर्व सैनिक सङ्घको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरुमा उमेशजङ्ग रायमाझी र गणेश लामा रहेका छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू सङ्घको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी छन् ।

यस्तै, नेपाल प्रजातन्त्र सेनानी सङ्घको निर्देशन समितिको संयोजकमा प्रा डा गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रेस विज्ञप्ति

मंसिर २६, २०८१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेपाली कांग्रेसको भ्रातृ संस्था— नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोेजिम  भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” देहाय बमोजिम गठन गर्नु भएको छ । 
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  सहमहामन्त्री श्री जीवन परियार  — संयोजक
२. केन्द्रीय सदस्य श्री लक्ष्मी परियार — सदस्य
३. केन्द्रीय सदस्य श्री शान्ति परियार वि.क. — सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१.  प्रवक्ता डा. प्रकाशशरण महत  — संयोजक
२. केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य श्री रमेश रिजाल  — संयोजक
२. केन्द्रीय सदस्य श्री राजेन्द्रकुमार के.सी. — सदस्य
३. केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ — सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य श्री एन.पी. साउँद  — संयोजक
२. केन्द्रीय सदस्य श्री टेकप्रसाद गुरुङ — सदस्य
३. केन्द्रीय सदस्य श्री महेन्द्रकुमारी लिम्बू — सदस्य
नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत  — संयोजक
२. केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी — सदस्य
३. केन्द्रीय सदस्य श्री गणेश लामा — सदस्य
(पेज २)
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य श्री मधु आचार्य  — संयोजक
२. केन्द्रीय सदस्य श्री सरस्वती बजिमय — सदस्य
३. केन्द्रीय सदस्य श्री मदनकृष्ण श्रेष्ठ — सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा  — संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित — सदस्य
३. केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी — सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.  केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल  — संयोजक
२. केन्द्रीय सदस्य श्री मुक्ताकुमारी यादव — सदस्य
३. केन्द्रीय सदस्य श्री कान्तिका सैजुवाल — सदस्य
नेपाल महिला सघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको छ । 
 कृष्णप्रसाद पौडेल
 मुख्य सचिव