सुदूरपश्चिम

पत्रकार महासङ्घ बैतडीमा नयाँ नेतृत्व

२९ मङ्सिर, बैतडी । नेपाल पत्रकार महासङ्घ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएको छ । यहाँ अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदहरूमा निर्विरोध चयन भएका हुन् ।

महासङ्घको आठौँ जिल्ला अधिवेशनबाट नरीदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । खसेको कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी भए । अर्का अध्यक्षका उम्मेदवार लोकेश साउँदले ६ मत मात्रै प्राप्त गरे। बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता छन् ।

समितिको खुला उपाध्यक्षमा लक्ष्मण बिसी रेडियो मेलौली, महिला उपाध्यक्षमा रतना कलौनी दिनेश खबर, सचिवमा विनोद विष्ट रासस, सहसचिवमा केशवराज भट्टवासुलिङ्ग मिडिया र समावेशी सहसचिवमा मङ्गेश दयाल रेडियो मेलौली भएको हो । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा करूणाकर भट्ट रेडियो बैतडी २४ मत प्राप्त गरेर विजयी भए। भट्टका प्रतिस्पर्धी कृष्णबहादुर विष्ट रेडियो सेभेनस्टारले २० मत पाए । अर्का कोषाध्यक्ष पदका उम्मेदवार सुरेश अवस्थी रेडियो निङ्गलाशैनीले एक मत पनि प्राप्त गर्न सकेनन् ।

यस्तै, शाखाका सदस्यहरूमा गौरव चन्द रेडियो सनसेर, सरस्वती मडै रेडियो सनसेर, डम्बर बोहरा रेडियो सेभेनस्टार, वीरेन्द्र विष्ट खबरबोर्ड, मदनराज भट्ट रेडियो सेभेनस्टार, राधिका भट्ट जनआदर्श साप्ताहिक, प्रताप दमाई नेपाल एफएम नेटवर्क र विमला भट्ट रेडियो निङ्गलाशैनी पनि निर्विरोध चयन भएका छन् ।

साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय रेडियो नेपाल, अमर भट्टराई रेडियो सेभेनस्टार र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी रेडियो निङ्गलाशैनी, डिआर भट्ट निको खबर, सिपी लोहिया स्टार बुलेटिन र वसन्तप्रकाश विष्ट सुर्नया टाइम्स निर्विरोध भएका छन् ।

आगामी ३ वर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । साथै पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम पनि सम्पन्न छ ।