शिक्षा

त्रिविद्वारा ८ डीन र ३ निर्देशक नियुक्त- कोको बने डिन ?

३० मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

कोको बने डिन ?

शिक्षाशास्त्र संकाय- प्रा‍.डा. बेदराज आचार्य

वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल

चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा‍.डा. मोहोनराज शर्मा

मानविकी तथा सामाजिकशास्त्र- प्रा‍.डा. द्विविनन्द ढकाल

व्यवस्थापन संकाय- प्रा‍.डा. महानन्द चालिसे

विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा‍.डा. शंकर खनाल

कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल

इन्जिनियरिङ अध्ययन संस्थान- प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक पनि नियुक्त

त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।