लुम्बिनी

नेपाल पत्रकार महासङघ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

३० मङ्सिर, बाँके । नेपाल पत्रकार महासङ्घ र बाँके जिल्ला शाखाको अध्यक्षमा नवीन गिरी निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गरे ।

खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँलेबीच बराबरी भएको छ । उनीहरूले आधाआधा कार्यकाल चलाउने सहमति भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताए ।

उपाध्यक्ष महिलामा करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी भएको छन् । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित भएको निर्वाचन अधिकृत कोइरालाले बताए ।

महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समावेशी सदस्यमा सलामत अली शेष, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

शाखाको खुला सदस्यमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी भएको छन् ।