समाचार

नेपाली काँग्रेसले बोलायो साढे ११ बजेलाई केन्द्रीय कार्यसमिति बैठक

१ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८१ पौष १ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने पार्टीले बताएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेल अनुरोध गरेका छन् ।
बैठकले आज विहान उपचारका क्रममा निधन भएका काठमाडौं माहानगरका पूर्व मेयर पीएल सिंहको निधन भएकोमा शोक प्रस्ताव पास गर्ने र दाहसँस्कारको प्रवन्ध मिलाउने मुख्य सचिव पौडेलले बताए ।
चाक्सीबारीमा राखिएको सिंहको शवलाई पार्टी कार्यालयमासमेत राखिने र पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतको दाबी छ ।