६ पुस, घनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे भने, अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र, त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए ।
सम्बोधनका क्रममा उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।
पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नु पर्ने उनले बताए । उनले भने, ‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित हुनुपरेको हो ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनको क्रममा भने, ‘आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आवश्वस्त हुन भनेका थिए । अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’
उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनका लागि प्रजातान्त्रिक सोननीको भूमिका महत्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नु पर्ने बताए । उनले, ‘विगतमा पार्टीभित्र लोकतान्त्रिक संस्कृति रहेका थियो । अहिले त्यो छैन । त्यसका लागि तपाईहरुले पहल गर्नुपर्छ ।’ भने ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताए । उनले भने, छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थीरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौं ।’ उनले तर सो अनुसार परिणाम दिन नसकेको बताए । एक फरक प्रशंगमा उनले भने, एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्प्रर्धा सँगसँगै गर्नु परेको बताए । उनले भने, ‘सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्छ ।’
सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरुको तोकिएको समयमा महाधिवेशन हुनु पर्ने बताए ।