शिक्षा

शिक्षकलाई एआइसम्बन्धी तालिम

१० पुस, झापा । शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर–१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिम प्रदान गरिएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता थियो । 

नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गरेको थिए । पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन सहयोग पुग्ने क्याम्पसका निमित्त प्रमुख तेजप्रसाद खनालले बताए । 

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गरेर शिक्षण थप प्रभावकारी हुने अपेक्षा गरेको बताए । उनले भने, “एआइको सही प्रयोगले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने रहेछ ।”