राजनीति

मेयर शाहकाे आरोप: पचासौं वर्ष भयो तीनकुनेको जग्गा लुटिएको, दुईतिहाइको सरकार हुँदा पनि केही गर्न सकेन

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि दुईतिहाइको सरकार हुदा पनि केही गर्न नसकेको दाबी गरेका छन् ।

आज कोटेश्वरमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरेका हुन् ।

मेयर बालेनले भने ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन । आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको ।’