१५ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली कै जिल्ला झापामा पुगेर प्रधानमन्त्री ओलीलाई नै देश कै जाली, झेली र कपटीको आरोप लगाएका छन् ।
आज झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रधाानमन्त्री केपी शर्मा ओलीको दिमागमा जालझेल बाहेक अरु केहि पनि नभएको दाबी गरेका हुन् ।
सभामा बोल्दै उनले भने, “अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।”