विचार/ब्लग

श्रीमती खुसी भएको घरै उज्यालो

रोजिना बोहरा साउद / भनिन्छ, श्रीमान्–श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन्।  जीवनमा  यी दुईको बिचमा मेल हुनु अत्यन्तै आवश्यक हुन्छ । श्रीमान्–श्रीमतीको सुमधुर  सम्बन्धले  मात्र मानिसको जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाब हुनु स्वाभाविक हो । श्रीमान्–श्रीमती भनेको एक अर्काको सुख र दुःखका साथी हुन्, प्रतिद्वन्द्वी  होइनन्, मनमुटाब  झगडालाई ठुलो बनाइनु हुन्न । 

स(सानो कुरामा झगडा हुने गर्दछ, यसमा श्रीमान्–श्रीमती आपसमा सबै कुरामा खुलस्त हुनुपर्छ । श्रीमान्–श्रीमती पारदर्शी हुनुपर्छ ।  हामी यस्तै भन्छौँ, समाजमा चलेको चलन यही छ, कुरा सही पनि हो, दम्पतीले  एक अर्कालाई छल्ने, एक अर्कामा कुरा लुकाउने गर्दा त्यहाँ शङ्का बढी हुन्छ ।  त्यसो भन्दैमा श्रीमान् र श्रीमती बिच कुनै दुरी गोपनीयता रहनुहुन्न भन्ने पनि होइन । कतिपय कुरा नितान्त व्यक्तिगत  हुन्छन् र त्यसमा गोपनीयता पनि  आवश्यक हुन्छ । श्रीमान् (श्रीमतीबिचको माया प्रेम सधैँ प्रगाढ रहिरहोस् भन्नका लागि शिष्टाचार सँगसँगै संवादमा शालीनता, सहजता र शिष्टता हुनु अति नै आवश्यक छ । एक आपसमा विश्वास भएन भने सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्छ। सम्बन्धहरू मानिसको बिचमा यसै जोडिन्छन् र बिना कारण  तोडिन्छन् । कुनै सम्बन्ध त्यतिकै सकिन्छ, खासै ठुलो कारण केही चाहिँदैन । स्वार्थले भरिएको सम्बन्ध, दम्भले भरिएको सम्बन्ध, मनमा इगो राखेर हिँड्ने बानी भएको सम्बन्ध, आर्थिक प्रलोभनको सम्बन्ध, जवानीले जोडिएको सम्बन्ध, रूप मात्रले जोडिएको सम्बन्ध असल दाम्पत्य जीवनका लागि घातक हुन सक्छन् ।

चित्त दुखाइहरू मनभित्र गुम्सिरहँदा  एक अर्कालाई थाहा हुँदैन र त्यो अचानक विस्फोट हुँदा निकै जटिल रूप लिन्छ । यदि मन नपरेको बानीलाई भित्र भित्रै साँचेर राख्नु भन्दा झगडा गर्दा राम्रो हुन्छ । यसरी झगडा मार्फत मन नपरेको  कुरालाई सुधार गर्न सकिन्छ ।  श्रीमतीले चाहन्छिन् आफ्नो जीवनसाथी हरेक गुणले सम्पन्न होस् । समृद्ध, सक्षम,  बलवान्, धैर्यवान, शिक्षित, बौद्धिक होस् । तर सबै श्रीमानहरु सर्वगुणले परिपूर्ण हुँदैनन् । श्रीमान् -श्रीमती बिचको असल सम्बन्धले परिवारमा खुसी आउन सक्छ। दुवैमा हुने खुसीलाइ नै सर्वगुण सम्पन्न भन्नुपर्छ होला ।

 श्रीमान् वा श्रीमतीले जानी वा नजानी गल्ती गरेमा आफ्नो गल्ती स्विकार्न सक्नुपर्छ र मनमा लागेको कुरा खुलस्त भन्न सक्नुपर्छ, सानो सानो कुरामा जिस्केको पन नपर्ने एक भएमा अर्कोले सहन सक्नुपर्छ, श्रीमान् वा श्रीमती एक अर्काले शङ्काको दृष्टिले एक अर्कालाई हेर्न कार्य शून्य प्रतिशतमा ल्याउनुपर्छ । श्रीमान्– श्रीमती सम्बन्ध न्यानो बनाएमा घर सुन्दर र शान्त देखिन्छ  ।  श्रीमतीले आफ्नो श्रीमान् केटी साथीहरूसँग बोलेमा जिस्किएमा शङ्का गरिहाल्नु र गाली गरिहाल्नु हुन्न भने श्रीमतीले पनि आफ्ना केटा साथीहरूसँग बोलेमा, भेटेमा तत्काल शङ्काको घेरामा राखेर हिँडिहाल्नुहुन्न, भनिन्छ ुशङ्काले लङ्का जलाउँछु,  यस्तै आउँछन् मनमा कुराहरू  अनि दिगो  चलिरहन्छन् सम्बन्धहरू, ती सम्बन्धलाई दिगो र स्थायित्व दिनका लागि एक अर्काबिच धेरै कुरामा कम्परमाईज गर्न जरुरी देखिन्छ ।  आपसमा विचार नमिल्नु एक अर्कालाई समय नदिनु, एकर्काका इच्छा ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । 

पछिल्ला दिनहरूमा  वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या लगातार वृद्धि भइरहेको छ । एक अर्काप्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या पनि पछि पर्दैनन् । धेरैजसो श्रीमान् -श्रीमतीले एक अर्काको भावना बुझ्न सकिरहेको छैनन् । जसले गर्दा उनीहरूको सम्बन्धमा दुरी बढ्न थाल्छ । श्रीमान् श्रीमतीको सम्बन्ध  भनेको यस्तो सम्बन्ध हुनुपर्छ जुन सुरु देखिको अन्तिम सम्म ठाकठुक–ठाकठुक भए पनि मेलमिलाप र माया प्रेमले भरिपूर्ण हुनुपर्छ । किनभने बिचमा आफन्तजन,  छोरा–छोरी, परिवारका सदस्य तथा छर–छिमेकी आएर श्रीमान्–श्रीमतीको झगडा मिलाए के होला रु जीवनको अन्तिम घडीसम्म चाहिने भनेको श्रीमान् श्रीमतीको माया नै हो, छोरीको विवाह गरेर घर जाने चलन छ भने छोराको पनि विवाहपछि बुहारी तथा छोराछोरीको भविष्यका लागि लाग्नुपर्ने बाध्यता भएका कारण श्रीमान् श्रीमतीको माया अनन्तकालसम्म सबैभन्दा धेरै र  अत्यन्त जरुरी छ । एक अर्कासँग हाँसो ठट्टा गरे पनि कहिल्यै सिरियस्ली कहिल्यै श्रीमान् श्रीमतीबिच अनावश्यक जिस्कनुहुन्न।

अर्कोतर्फ धेरैजसो श्रीमान्हरू आफ्नी धर्मपत्नी, श्रीमती, जीवनसंगीनी, सबैभन्दा मिल्ने साथीलाई आफूले मनैदेखि माया गरिरहेको छु  भन्दै बढी पुलपुल्याउने, माया गर्ने, विश्वास गर्ने, भर पर्ने काम किन गरूँ भन्ने स्वभावका हुन्छन्, विशेषतः नेपाली भारतीय  हिन्दु समुदायमा श्रीमानहरूले श्रीमतीसँगको सम्बन्धमा दुरी कायम राख्ने गर्दछन् । 

श्रीमान्–श्रीमती सधैँ एकर्काका परिवारको सम्मान गर्नु पर्छ,  एकर्काका परिवार भन्नाले श्रीमानको बुवा आमालगायत आफन्त तथा श्रीमतीको बुवा आमालगायत आफन्तलाई आफ्नै सोचेर सम्मान दिनु जरुरी छ । यसले पनि श्रीमान् श्रीमतीको सम्बन्ध मजबुत बनाउन ठुलो भूमिका खेल्छ  । नेपाली समाजमा प्रचलित एउटा भनाइ छ, “श्रीमान् -श्रीमतीको झगडा परालको आगो” ।  यसले श्रीमान् -श्रीमतीबिच हुने  झगडालाई सामान्य प्रक्रियाको रूपमा लिइने गरिन्छ तर त्यस्तो झगडा समयमै मिलाउन नसकेमा सम्बन्ध विच्छेद मात्र नभए ज्यान मार्ने सम्मका घटना हुन सक्छन् । कतिपय समयमा यस्ता झगडा क्षणमै हुन्छ र क्षणमै मिल्छन् पनि । श्रीमान्–श्रीमती बिचको सम्बन्धमा केवल दुई फरक आत्माबिचको भविष्य मात्रै जोडिएको छैन, यसको असर त कार्यक्षेत्र, परिवार र समाजमा पनि प्रत्यक्ष रुपमा परिरहेको हुन्छ । राम्रो सम्वन्ध भए कार्यक्षेत्रमा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।  दाम्पत्य सम्बन्ध विश्वासको गहिराइमा अडिन्छ ।

 विवाह बन्धनमा बाँधिएपछि एक अर्कासँग गरिएको विश्वास कायम राख्नु दुवैले उत्तिकै जरुरी हुन्छ । विवाह मानिसको प्राकृतिक विषय हो । समाजमा मान्यता रहेको छ कि महिलाहरू भावनामा मात्र होइन, शब्दमा– आत्मामा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन्, देवताका रूपमा लिई रहेका हुन्छन् । अर्कोतर्फ धेरैजसो श्रीमान्हरू आफ्नी धर्मपत्नी, श्रीमती, जीवनसंगीनी, सबैभन्दा मिल्ने साथीलाई आफूले मनैदेखि माया गरिरहेको छु  भन्दै बढी पुलपुल्याउने, माया गर्ने, विश्वास गर्ने, भर पर्ने काम किन गरूँ भन्ने स्वभावका हुन्छन्, विशेषतः नेपाली भारतीय  हिन्दु समुदायमा श्रीमानहरूले श्रीमतीसँगको सम्बन्धमा दुरी कायम राख्ने गर्दछन् । 

नै सम्बन्ध त्यतिकै सकिन्छ, खासै ठुलो कारण केही चाहिँदैन । स्वार्थले भरिएको सम्बन्ध, दम्भले भरिएको सम्बन्ध, मनमा इगो राखेर हिँड्ने बानी भएको सम्बन्ध, आर्थिक प्रलोभनको सम्बन्ध, जवानीले जोडिएको सम्बन्ध, रूप मात्रले जोडिएको सम्बन्ध असल दाम्पत्य जीवनका लागि घातक हुन सक्छन् । 

मूल्य र मान्यताका अनुसार महिलाहरूसँगको सम्बन्धमा मुख्यतः तिन वटा पाटा रहेका छन्, उनीहरू श्रीमानको माया, महत्त्व र प्रशंसा यी तीन चीजका प्यासी हुन्छन् । महिला वा पुरुष जसले श्रीमतीका लागि आवश्यकताहरू बुझ्न, महसुस गर्न सक्छन्, त्यहाँ श्रीमतीलाई सधैँ श्रीमानले खुसी र सुखी देख्न सक्छन् र श्रीमती खुसी भएको घर उज्यालो देखिन्छ । उनीहरूले एक अर्काबिचको आवश्यकता बुझेर यौन जीवनलाई  उत्कृष्ट बनाउन सक्छन्, यो जीवन पनि श्रीमान्-श्रीमतीको सम्बन्ध राम्रो हुने माध्यम हो  । सम्बन्धमा कयौँ पटक श्रीमान्- श्रीमती एक अर्कालाई माया त गर्छन् तर एकर्काका समस्या सुन्न चाहँदैनन् । कुनै सम्बन्धको जग एकर्काका  विश्वास र सम्मान टिक्छ, किनकि सम्बन्धमा इज्जत छैन भने सम्बन्ध चलाउन धेरै गारो हुन्छ । श्रीमान् श्रीमतीबिचको सुखी सम्बन्धको पहिलो सर्त एक अर्कालाई सम्मान गर्नु हो ।

 कहिलेकाहीँ द्वन्द्वको अवस्था पनि आउँछ । यस्तो अवस्थामा पनि सम्बन्ध इज्जत कायम राख्न जरुरी छ, किनकि समयसँगै सम्बन्धबाट मनमुटाब त ठिक हुन्छ तर रिसाएका बेला भनिएका कुराले सम्बन्धमा नराम्रो हुन सक्छ । श्रीमान् -श्रीमतीले आफ्नो  व्यक्तिगत सम्बन्धका केही विषय अरूलाई र आफ्नो अति नै मिल्ने  साथीलाई  पनि भन्न हुँदैन, जसका कारणले समस्या समाधान नभई वृद्धि हुन्छ ।  यदि श्रीमान्–श्रीमतीबिच सामान्य झगडा भइरहन्छ  भने पक्कै पनि त्यो सम्बन्ध  दिगो हुन्छ । त्यस्तो झगडामा मन भित्रका कुराहरू बाहिर आउँछन् र एक (अर्काको चित्त दुखाई बुझ्ने मौका मिल्छ । चित्त दुखाइहरू मनभित्र गुम्सिरहँदा  एक अर्कालाई थाहा हुँदैन र त्यो अचानक विस्फोट हुँदा निकै जटिल रूप लिन्छ । यदि मन नपरेको बानीलाई भित्र भित्रै साँचेर राख्नु भन्दा झगडा गर्दा राम्रो हुन्छ । यसरी झगडा मार्फत मन नपरेको  कुरालाई सुधार गर्न सकिन्छ ।  श्रीमतीले चाहन्छिन् आफ्नो जीवनसाथी हरेक गुणले सम्पन्न होस् । समृद्ध, सक्षम,  बलवान्, धैर्यवान, शिक्षित, बौद्धिक होस् । तर सबै श्रीमानहरु सर्वगुणले परिपूर्ण हुँदैनन् । श्रीमान् -श्रीमती बिचको असल सम्बन्धले परिवारमा खुसी आउन सक्छ। दुवैमा हुने खुसीलाइ नै सर्वगुण सम्पन्न भन्नुपर्छ होला । गाँसिएको सम्बन्ध र जोडिएको विश्वास कायम राख्छ । श्रीमान् -श्रीमतीको बिचको सम्बन्ध प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । कहिलेकाहीँ स-साना कुराहरूमा पनि यति  ठुला हुन्छन् कि सम्बन्ध सम्हाल्न निकै गारो हुन्छ । यस्तो अवस्थामा सम्बन्धलाई बलियो बनाउन र प्रेम कायम राख्न  एक अर्कालाई विश्वास गर्नु श्रीमान् -श्रीमती दुवैको कर्तव्य हो ।