१८ पुस, म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।
महायज्ञबाट सङ्कलन भएको एक करोड १० लाखमध्ये १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए। मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।
म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।