१९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किने सुझाव दिएका छन् ।
शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै शर्माले भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्नेमा जोड दिएका हुन् ।
“समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,” उनले भने ।