२४ पुस, पोखरा । रास्वपाका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसहितको प्रतिबादीहरुको मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिबादीहरुको एकातिर बहस चलिरहेको छ भने अर्कोतिर कास्कीमा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो देखिएको छ ।
आज बहस सकिन लागेकाले प्रहरीले सम्भावित हुलदुंगालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिइएको छ । पोखरा तथा कास्कीका चोक चोकमा बसेका प्रहरीले शङ्का लागेकालाई सोधपुछ गर्ने र कागजात हेर्ने गरेका छन् ।
सुर्यदर्शन सहकारी ठगीमा कारबाही गर्न अनुसन्धान भइरहेको अवस्थामा आज अदालतले बहस सकिने र फैसला गर्ने सम्भावना रहेको छ ।