अन्तर्राष्ट्रिय

इरानमाथि लगाएको आरोप ‘आधारहीन’ : तेहरान

२४ पुस, तेहरान । इरानले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्राँले मध्यपूर्वको मुख्य रणनीतिक र सुरक्षा चुनौती तेहरान भएको भनी गरेको टिप्पणीलाई ‘आधारहीन’ भन्दै बुधबार खण्डन गरेको छ ।

फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले उक्त टिप्पणीलाई ‘आधारहीन, विरोधाभासी र काल्पनिक’ भन्दै फ्रान्सलाई ‘शान्ति र स्थिरताका लागि आफ्नो गैररचनात्मक दृष्टिकोणमा पुनर्विचार गर्न’ आग्रह गरेका छन् ।

म्याक्रोँले सोमबार एक सम्बोधनमा फ्रान्स, युरोप, सम्पूर्ण क्षेत्र र बाहिरका लागि मुख्य रणनीतिक र सुरक्षा चुनौतीका रूपमा इरान खडा भएको बताएका थिए ।

आगामी जनवरी २० मा कार्यभार सम्हाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग इरान छलफलको मुख्य विषय हुने पनि राष्ट्रपति म्याक्रोँले बताएका थिए ।

पश्चिमा मुलुकले इरानको आणविक कार्यक्रमलाई इरानले आणविक बम बनाउने उद्देश्यले गरेको कार्यका रूपमा आशङ्का गरेको बताउँदै यसले पश्चिमी गठबन्धनलाई निष्कर्षको नजिक पु¥याइरहेको पनि राष्ट्रपति म्याक्रोँले बताए ।

बाकाईले इरानको आणविक गतिविधि शान्तिपूर्ण र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेको भन्दै उक्त टिप्पणीलाई ‘कपटपूर्ण’ भनेका छन्।

तेहरानले आणविक हतियार विकास गर्न चाहेको कुरा अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले हालैका वर्षहरूमा युरेनियमको संवद्र्धनलाई बढावा दिएको छ र यो ६० प्रतिशत सम्म युरेनियम संवर्धित गर्ने एक मात्र गैर–आणविक हतियार राष्ट्र हो।

स्तर आणविक बमका लागि आवश्यक ९० प्रतिशत साधनको माग पूरा गर्ने मार्गमा यो स्तर राम्रो मानिन्छ ।

राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकालमा, संयुक्त राज्य अमेरिकाले तेहरानको आणविक महत्वाकाङ्क्षामा रोक लगाउन भन्दै तेहरानविरूद्धका प्रतिबन्धहरूमा राहत प्रदान गर्ने ऐतिहासिक आणविक सम्झौताबाट पछि हटेको थियो।

तेहरानले सम्झौताबाट वासिङ्टन पछि हट्दासम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले क्रमिकरूपमा आफ्नो प्रतिबद्धता फिर्ता लिएको थियो ।

इरानले आगामी जनवरी १३ मा स्वीट्जरल्याण्डमा फ्रान्स, बेलायत र जर्मनीसँग आणविक वार्ता गर्ने सहमति जनाएको छ ।