राजनीति

संविधान संशोधनलाई प्रधानमन्त्री ओलीले ७ बुँदे सहमतिको विपरीत अभिव्यक्ति दिएको भन्दै कांग्रेसको आपत्ति

२४ पुस, काडमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमतिको विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

आज झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । सात बुँदे समझदारी हुँदैगर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिरिक गर्दै सोही जगमा रहेर पुनःमुल्याकंन गर्न उनले प्रधानमन्त्री ओलीलाई आदेश समेत दिएका छन् ।

‘यदी उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,’ शर्माले भनेका छन् ।

‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागीता भएन भने दुई तिहाइको गणित पुग्दैन, हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’उनले भने ।