२५ पौष, काठमाडौं । सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलका स्वकीय सचिव एवम् एमाले मोरगं जिल्ला सदस्य अनिल पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय नजिक उनलाई सहकारी ठगीलगायतको अनुसंधानका लागि प्रहरीले पक्राउ गरेको हो । सभापतिकी पत्नी अन्जला कोईरालालाई अखदालतमा हाजिर गराएर १० लाख धरौटी लिएर छाडेको अवस्थामा आज रंगेली घर भएका अनिल प्रहरीको अनुसंधानका लागि पक्राउ परेका हुन् ।
अनिल पोख्रेलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न पटक टिक ३८ लाख ८० हजार रुपैयाँ लिएकोलगायतका आरोप छ ।