राजनीति

थुनछेक बहस रोकियो, प्रहरीको जिम्मामा रवि

२८ पुस, काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आज अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ । इजलासले उनको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । रविलाई न्यायिक हिरासतमा राख्ने आदेश भएको छ ।