मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याङकेट काठमान्डौंमा सम्पन्न भएको छ ।
साधारण सभाबाट आ.व. २०८०-०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ सतिश गौतम, गरि ४ जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भए ।
वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।