राजनीति

अध्यक्ष दाहालले भने- वर्तमान सरकार ढली नै हाल्छ यसको आयु धेरै छैन

१ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको आयु धेरै लामो नरहेको बताएका छन् ।

आज प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले र्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका हुन् ।

सरकारको आफ्नै क्रियाकलापले समेत आयु घटाइरहेको उनको भनाइ छ । वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरुले बल गर्नै नपर्ने उनले बताए ।

‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन, ‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन, सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’ उनले भने ।