शिक्षा

योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : मन्त्री भट्टराई

१ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले विद्यालयतहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताए । उनले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।

“योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,” मन्त्री भट्टराईले भने ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठयक्रममा समावेश गर्न आफूले मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग गर्ने बताए । उनले स्वस्थ समाजबाट नै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने भएकाले योगलगायत स्वास्थ्यलाई सधै स्वस्थ राख्न हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिए । योगको प्रचारप्रसार पनि कम भएको चर्चा गर्दै यसलाई देशका सबै विद्यालयमा पुर्याउन आवश्यक छ भने ।