२ माघ, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले विपी कोईरालाका भनाईहरु अहिले सान्दर्भिक हुन थालेको बताएका छन् ।
वेलायत भ्रमणमा रहेका नेता डा कोईरालाले लोकरिझ्याँई, साम्प्रदायीकता, उग्र राष्ट्रबाद लगायतका राजनीतिक एजेण्डाका कारण मुलुकको विकासलाई चुनँैती दिएको भन्दै नेपालमा लगानीको वातावरण सरकारले बनाउँदै गरेको हुँदा लगानी गर्न वेलायती व्यापारीहरुलाई अनुरोधसमेत गरेका छन् ।
डा कोईराला भन्छन्, ‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, ‘लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।’ त्यसमा विपी कोईरालाका भनाईहरु अहिले सान्दर्भीक हुने बताएका छन् ।
डा कोईराला केहीदिन अगाडी वेलायती साँसदहरुको निमन्त्रणामा वेलायत गएर विभिन्न महत्वपूर्ण कार्यक्रममा भाई लिई नेपालको पक्षमा विचार बिमर्षहरु गरिरहेका छन् ।