राजनीति

रिहा भएपछि रविले भने- देशमा न्याय मरेको छैन, अदालतप्रति एकदमै सम्मान छ

२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको टिप्पणी गरेका छन्।

सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानले अदालतप्रति सम्मान रहेको बताएका हुन्।

रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’