४ माघ, कास्की । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता समयमा रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्ने बताएका छन्।
आज पोखरामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेकाले सोलाई सकारात्मक रूपमा बदल्नुपर्नेमा जोड दिए । उनले राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिए ।
सात पुस्तासम्म जोडिएको कांग्रेसले नयाँ पुस्ताका युवासँग सहकार्य गर्दै अगाडि बढ्नपर्ने उनले धारणा राखे । उपसभापति खड्काले पार्टीका नेता, कार्यकर्ताले नकारात्मक विचार र क्रियाकलाप छाडेर सकारात्मक मार्ग अवलम्बन गर्न सकेमा पार्टी सुदृढीकरणमा सफलता मिल्ने बताए । उनले आवश्कताका आधारमा सबैको सहमति र समन्वयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
कांगेसका उपसभापति खड्काले संविधानको मूल मर्म नबिग्रने गरी सबैको सहमतिका आधारमा संशोधन गर्नुपर्ने धारणा राखे । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।
आजदेखि सुरु भएको प्रदेशस्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।