राजनीति

सभापति थापामाथी कुटपीटि गर्ने अराजक व्यक्तिहरुलाई कडा कानूनी कार्वाही गर्न काँग्रेसको माग

६ माघ, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणमा नेपाली काँँग्रेसले विरोध जनाएको छ।

पार्टीले केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ भनेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । खतरामुक्त भएपनि उहाँको निधारमा चोट लागेको छ ।

उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गरेको छ ।
उक्त बिरोध पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।