आर्थिक

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

११ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० मा किनबेच हुनेछ ।