अन्तर्राष्ट्रिय

पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

१२ माघ, इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार सुरक्षा बलले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएका छन् ।

सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरले यस क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरिएको एक विज्ञप्तिमा जनाएको छ ।

मारिएका आतङ्ककारीहरूबाट हतियार र गोला बारुद पनि बरामद गरिएको छ, जो यस क्षेत्रमा सुरक्षा बल र नागरिकहरूलाई लक्षित गर्ने धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।
उक्त क्षेत्रमा बाँकी रहेका आतङ्ककारीहरूलाई हटाउनको लागि हाल क्लीनअप अपरेसन जारी रहेको आईएसपीआरले जनाएको छ ।