समाचार

सहकारी ठगी प्रकरण : रविको पक्षमा बहस जारी

 

१३ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज तेस्रो दिनको थुनछेक बहस जारी रहेको छ । बुधवारबाट सुरु भएको थुनछेक बहसमा अहिले रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

लामिछाने गत बुधवार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि अदालत हाजिर भएका थिए। 

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछानेको बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । 

शुक्रवार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए ।उनीहरूको बहस नसकिएपछि आज उपस्थित हुने गरी इजलासले रविलाई परिवारको जिम्मा लगाएको थियो । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । 

थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।  सम्भवतः आजै अदालतले आदेश जारी गर्नेछ ।