१३ माघ, मिन्स्क । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएको छन् ।
लुकासेन्कोले आइतबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएको हुन् । उनले करिब एक हजारको हाराहारीमा रहेका राजनीतिक बन्दीले माफी मागेमा उनीहरूलाई रिहा गर्न सकिने उक्त अवसरमा बताए तर उनले निर्वासित विरोधीहरूसँग वार्ता गर्ने बिषयलाई अस्वीकार गरे ।
“बेलारुसमा हामी ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेका छौँ,” आफ्नो सातौं कार्यकालका लागि भएको निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उनले भने ।
उनले भने, “हामी कसैलाई दबाब दिँदैनौँ र कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने छैनौँ ।
जेलमा रहेका आलोचकहरूले माफी माग्नुपर्छ भन्दै उनले भने, “यदि उहाँहरूले माफी माग्नुभएन भने उहाँहरू ठीक भएको दावी हो । प्रशासनले उहाँहरूले गल्ती गरेको अभियोगलाई अदालतले दोषी ठहर गरेपछि मात्रै उहाँहरूलाई जेल सजाय सुनाएको र जेलमा पठाएको हो । रिहाईका लागि उहाँ विपक्षी हरूले माफी माग्नुपर्छ।”
पत्रकार सम्मेलनमा लुकासेन्कोले युरोपेली सङ्घकोे आलोचनालाई पनि नकार्नुरेका छन् ।
युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले लुकाशेन्कोको ‘कुनै वैधता नभएको’ र उनको नेतृत्वमा भइरहेको राष्ट्रपतिको निर्वाचनलाई ‘लोकतन्त्रको घोर अपमान’ भनेका छन्।
लुकासेन्कोले अन्य देशले निर्वाचनको परिणामलाई मान्यता दिने वा नदिने भन्ने विषयमा आफूलाई कुनै चिन्ता नभएको बताउँदै ‘यो स्वादको विषय’ भएको बताए ।
उहाँले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूविरुद्ध लडेका स्वेतलाना तिखानोभस्कायाजस्ता निर्वासित प्रतिद्वन्द्वीसँग कुरा गर्ने विचारलाई पनि अस्वीकार गरे । उनले भने, “मैले उनीहरूसँग के कुरा गर्नुपर्ला“
उनले निर्वासनमा रहेकाहरूले आ–आफ्नो छनौट गरेको बताउँदै भने, “हामीले कसैलाई पनि देशबाहिर धकेलेका छैनौं ।”