१५ माघ, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मोल एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ ले घटेर एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।