लुम्बिनी

अस्पताललाई उपकरण हस्तान्तरण

१५ माघ, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ संस्थाले ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

ग्रामीण महिला विकास केन्द्र (आरडब्लुडिसी)ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने र कार्यकारी निर्देशक डा शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे। अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा. पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताए ।