१५ माघ, काठमाडौं । नेकपा समाजबादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकाबाट नेपालीहरुको भागाभाग अवस्था आउन सक्ने बताएका छन् ।
उनले काठमडौंमा आयोजीत पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा प्रत्यक्ष निर्बाचित राष्ट्रपति आवश्यक नभएको भन्दै उक्त राष्पति प्रणालीका कारण धेरै देशहरुमा राम्रो नभएको आफू प्रत्यक्ष गएरसमेत सुनेको बताए ।
उनले नेपालमा यस प्रकारको कुनैपनि बहस भए प्रमाणहरु दिनसक्ने भन्दै अमेरीकामा यस्तै प्रकारको प्रत्यक्ष निर्बाचित प्रणाली लागू भएका कारण नेपाहरुको भागाभाग हुन सक्नेतर्फ ध्यान दिन अमेरिकामा बस्ने नेपालीहरुलाई सचेतसमेत गराएका छन् ।
प्रर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणालीलाई घाँणो प्रणाली भएको भन्दै तीब्र रुपमा बिरोध गरेका छन् । अमे्ीकामा केही अगाडीमात्र डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि गै् अमेरीकीहरुको विरोध भईरहेका बेला आप्रवास्रीका बिषयमा दिएको अध्यक्ष नेपालको अभिब्यक्तीले अमेरिकामा बस्ने नेपालीहरुबीचमा झनै अन्यौलतासहितको थप चर्चा हुने देखिन्छ ।