अन्तर्राष्ट्रिय

भारतको दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु

१५ माघ, नयाँ दिल्ली । उत्तरी दिल्लीमा सोमबार साँझ भत्किएको चार तले भवनको भग्नावशेषबाट कम्तीमा दुई जनाको शव निकालिएको छ भने १२ जनालाई जीवितै उद्धार गरिएको छ ।

मृतक दुवै सात र १७ वर्षका बालिका रहेका छन् । उद्धार कार्य जारी रहे पनि अझै केही व्यक्ति भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ ।

उक्त घटना उत्तरी दिल्लीको बुरारी क्षेत्रमा भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

सोमबार राति नै उद्धारको काम गरिएको थियो ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र दिल्ली विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू उद्धार कार्यमा निरन्तर लागेका थिए ।