राजनीति

दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताको चाहनाअनुसार देश विकास हुन सकेन : महासचिव चन्द

१५ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट पार्टीका दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताको चाहनाअनुसार देश विकास तथा आर्थिक रूपान्तरणका कार्य पूरा गर्न नसकिएको बताएका छन् ।

समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा प्रतिष्ठानमा आज आयोजित सभामा बोल्दै देशमा देखापरेका समस्या समाधान गर्न, सुशासन र सामाजिक न्यायको पक्षमा कार्य गर्न विकल्पका रूपमा मोर्चा गठन गरिएको बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा नयाँ विकल्पका रूपमा मोर्चाले राजनीतिका साथै उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा महासचिव चन्दको जोड थियो ।