अन्तर्राष्ट्रिय

मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार

१५ माघ, क्वालालम्पुर । मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक कप्तान बेपत्ता भएको छ । चालक दलका अन्य छ जना सदस्यको उद्धार गरिएको मलेसियाली तटरक्षकले मङ्गलबार जनाएको छ ।

सोमबार राति सम्पर्कविहीन भएको जहाज मङ्गलबार स्थानीय समय अनुसार बिहान ६ः३० बजे फेला परेको थियो । चालक दलका छ जना सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए ।

“हामीले छ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार ग¥यौं, जसमध्ये दुईलाई सामान्य चोट लागेको थियो । अन्य चारको अवस्था स्थिर छ,” उनले बताए । स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ । ।

इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए । अधिकारीहरूले घटनाको खोजी र अनुसन्धान जारी राखेको छ ।