समाचार

ऐतिहासीक महाकुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १० जनाको ज्यान गयो, सयौं घाइते

१६ माघ, काठमाडौँ ।  भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको  छ।  भारतीय मिडियाका अनुसार कयौँ व्यक्तिहरू हताहत भएको आशङ्का गरिएको छ ।

  गए राति कुम्भ मेला चलिरहेको प्रयागराज सिटीमा भएको भागदौड १५ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले बताएका छन् । उनीहरूका अनुसार १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको छ। स्वरुपरानी अस्पतालमा पोस्टमार्टमका लागि १४ शव ल्याइसकिएको  छ ।

मृतक र घाइतेहरूको सङ्ख्या फरक फरक प्रसारण भए पनि सरकारी निकायबाट भने औपचारिक जानकारी गराइएको छैन । घटना पछि स्नान गर्न केही समय रोक लाइएको छ भने उद्धारको कार्य भइरहेको छ।

महाकुम्भ मेला यही १३ जनवरीदेखि सुरु भएको थियो।