१६ माघ, काठमाडौँ । अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प आएपछि अवैध रूपमा बसोबास गर्ने आप्रवासीलाई घर फर्काउने प्रक्रिया सुरु भएको छ । अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार हालसम्म निष्कासनमा पर्ने नेपाल सहित भिन्न देशका गरेर १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको रहेका छन् ।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार निष्कासनको सूचिमा १ हजार ३६५ जना नेपालीहरू रहेका छन् ।
ट्रम्पले अघिल्लो पहिलो कार्यकालमै यस अभियान सुरु गर्न लागेका थिए तर दोस्रो कार्यकालको लागी निर्वाचन हारेपछि उनको अभियान रोकिएको थियो । ट्रम्पले यो पटकको कार्यकालको सुरुमै भने अवैधरूपमा अमेरिकामा रहँदै आएका आप्रवासीको ठूलो समूहलाई देश निकाला गर्न लागेका हुन्।
ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू रहेका छन् ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।