१६ माघ, काठमाडौँ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आज सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारका उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सो क्षेत्रका नेपाली काँग्रेसका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
दशरथ रङ्गशालामा सम्पन्न भएको रक्तदान कार्यक्रममा काठमाण्डौ स्थीत विभिन्न कल्वहरुलेसमेत सहकार्य गरेका थिए । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आजै केन्द्रीय सदस्य उर्मिला थपलिया आचार्यको संयोजकत्वमा गठीत उद्यमशीलता एवम् साना लगानीका क्षेत्रको प्रवर्धनका लागि कार्यक्रम गरिरहेको छ भने आजै दशरथ रङ्गशालामा सभापति कप गेमको फाइनल हुँदैछ । माघ १६ गतेलाई नेपाली काँग्रेसले महत्त्व दिँदै बिभिन्न कार्यक्रमहरू विगतदेखि नै गर्ने गरेको छ । यही अवसरमा विश्वभरका नेपाली काङ्ग्रेससँग जोडिएका पार्टी, भातृ संस्था तथा शुभेच्छुकहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । फागुन ७ गते पनि प्रजातन्त्र दिवसका अवसरमा काँग्रेसले विभिन्न कार्यक्रमहरू गर्ने पार्टीका मुख्यसचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए । काँग्रेसको वार्षिक कार्यक्रम अनुसार नै विभिन्न कार्यक्रमहरू हुने मुख्यसचिव पौडेलको दाबी छ ।
प्रकाशमान सिंहको प्रमुख आथित्यतामा सम्पन्न १८० जनाले रक्तदान गरेको कार्यक्रमकाे काठमाडौँ क्षेत्र नम्बर १ का सभापति रवीन्द्र विक्रम राणाले गरेका थिए । नेपाल रेडक्रस सोसाइटिको सहकार्यमा भएको कार्यक्रमको प्रमुख आयोजक काठमाडौँ क्षेत्र नम्बर १ यूथ क्लब, व्याइज यूनियन यूथ क्लबको आयोजना रहेको क्षेत्रीय सचिव रिकेस महर्जनले बताए । कार्यक्रममा निःशुल्क प्रेसर, सुगर र दन्तसम्बन्धी शिविर चलाइएको थियो ।
कार्यक्रममा छोटो सँबाेधन गर्दै उपप्रधानमन्त्री सिंहले सहिदहरूको संझनामा गरिएको कार्यक्रमले निरन्तरता पाइरहोस भन्ने शुभकामना दिएका छन् । नेता सिंह उक्त क्षेत्रका प्रतिनिधि सभा संसद् र पार्टीका पूर्व महामन्त्री हुन् ।








