अन्तर्राष्ट्रिय

महाकुम्भ दुर्घटनाः मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त

१६ माघ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उनले एक्समा लेखेका छन्, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ ।

प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहेका छन् । उनले बुधबार बिहानदेखि समाचार तयार पार्दासम्म तीन पटकसम्म उत्त। प्रदेश यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो ।

दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ ।

महाकुम्भमा स्नान गर्ने अन्य महत्वपूर्ण तिथिहरू वसन्त पञ्चमी फेब्रुअरी ३, माघी पूर्णिमा फेब्रुअरी १२ र महाशिवरात्रि फेब्रुअरी २६ रहेका छन् ।